
बुधवार , कार्तिक १५, २०८०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्ने बताएका छन् ।
बुधबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्ने बताएका हुन् । सर्वोच्च अदालतको आदेशलाई मानेर, मानवअधिकार काउन्सिलका कुराहरुलाई पनि ध्यान दिएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने उनको भनाइ छ ।
उनले चाडपर्वका अवसरमा सवैमा शुभकामना व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij