
बुधवार , कार्तिक १५, २०८०
काठमाडौं, १५ कार्तिक । रास्वपाका सभापति रवि लामिछानेले मुलुकको अवस्थाप्रति जनतामा छाएको निराशालाई सम्बोधन गर्न सवै दलहरु एक हुनुपर्ने बताएका छन् ।
बुधबार एमालेले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले राजनीतिक परिवर्तनपछि जनतामा परिवर्तन नआएको र जनतामा निराशा छाएकोे भन्दै यसलाई सम्बोधन गर्न सवै दलहरु एक हुनुपर्ने बताएका हुन् । उनले चियापानमा मात्रै नभई साझा फोरम बनाएर दलहरु छलफलमा जुट्नुपर्ने बताए ।
उनले रास्वपा पछि दर्ता भएर नयाँ पार्टी भएको नभई बिचार र एजेण्डाका आधारमा नयाँ भएको जिकिर गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij