२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

प्राइभेट कम्पनीको पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हुँ : बालेन शाह

बिहिवार , कार्तिक १६, २०८०

  • 841
    Shares
  • 841
    Shares
  • काठमाडौं, १६ कार्तिक । 
    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निजी कम्पनीले आयोजना गरेको कार्यक्रम बहिष्कार गरेको जनाएका छन्  । 
    मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बीचमै छाडेर हिँडेपछि त्यसबारे प्रष्टाउँदै उनले सामाजिक संजाल फेसबुकमार्फत धारणा सार्वजनिक गरेका हुन् ।  

    ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो, कसैको अपमान गरेको होइन’ उनले आफनो प्रष्टीकरण दिदै सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनले निजी कम्पनिले प्रायोजन गरेको कार्यक्रमप्रति आक्रोश पनि व्यक्त गरेका छन् । ‘नेताज्यूहरुले त देशनै बेच्न खोजिसक्नु भो तर तर काठमाडौं महानगर विक्रीमा छैन ।’ उनले अझ अगाडि लेखेका छन्, ‘तपाईंहरुले पुरै देशनै बेच्नु भो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।’