२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

‘जनप्रदर्शन’ बारे प्रस्टाउन माओवादीले आज पत्रकार सम्मेलन गर्दै 

बिहिवार , कार्तिक १६, २०८०

काठमाडौं, १६ कार्तिक ।

नेकपा (माओवादी केन्द्र) ले पत्रकार सम्मेलनको आयोजना गर्दैछ  । सरकारको नेतृत्व गरिरहेको दलले सडक संघर्षमा उत्रिएको भन्दै आलोचना भइरहेको बेला माओवादीले बिहीबार (आज) पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो । 

पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजे सो पत्रकार सम्मेलन आयोजना गर्न लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । 

सत्ता सहयोगी दल नेपाली कांग्रेसलगायतले माओवादीले गर्न लागेको सो प्रदर्शनको आलोचना गरेपछि महासचिव देवप्रसाद गुरुङले ‘जनप्रदर्शन’ नभएर ‘माओवादी रुपान्तरण अभियान’ अन्तर्गत एक कार्यक्रम मात्रै भएको स्पष्टीकरण दिएका थिए । तर, त्यसलाई अझ प्रस्टाउनका लागि आज पत्रकार सम्मेलन गर्न लागिएको बुझिएको छ ।