२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

शनिबारको विरोध सभालाई सम्बोधन गर्न नेपालगञ्ज पुगे कमल थापा

शुक्रवार , कार्तिक १७, २०८०

नेपालगञ्ज, १७ असोज । 
राप्रपा नेपालका अध्यक्ष कमल थापा नेपालगञ्ज पुगेका छन् । राप्रपा नेपाल बाँकेले शनिबार नेपालगञ्जमा गर्ने विरोध सभालाई सम्बोधन गर्न थापा आज बेलुकी त्यहाँ पुगेका हुन् ।

राजसंस्थाको एजेण्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ ।
संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभूमि निर्माण गर्न जिल्ला केन्द्रित कार्यक्रममा लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

२०६२/६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दू अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानीय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ । 

सभालाई अध्यक्ष थापासहित उपाध्यक्ष तारानाथ लुइँटेल, महामन्त्री राजाराम बर्तौला, सह–महामन्त्री रमेश अर्याल, हिक्मत ढकाल, दिपु सिंहलगायतले सम्बोधन गर्ने र विभिन्न व्यक्तिहरू पार्टी प्रवेश गर्ने समेत पार्टीले जनाएको छ ।