
शुक्रवार , कार्तिक १७, २०८०
काठमाडौं, १७ कार्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार बानेश्वरमा सरकारको विरोध गर्दै प्रदर्शन गरेको हो ।
सर्वोच्च अदालतले बाँकेका रिगल ढकाललाई सरकारले गरेको आममाफी दिने निर्णय बदर गरेसँगै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने युवासंघको माग छ । बिजुलीबजारदेखि बानेश्वरसम्म उनीहरूले प्रदर्शन गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij