२०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

औषधी र चिकित्सकको टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ

शनिवार , कार्तिक १८, २०८०

  • 727
    Shares
  • 727
    Shares
  • काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ गएका छन्। 

    आज बिहान उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटतर्फ प्रधानमन्त्री  लागेका हुन् । 

    हेलिकप्टरमा औषधीसहित र १६ जना चिकित्सकको टोली पनि  प्रधानमन्त्री प्रचण्डसँगै भूकम्प प्रभावित क्षेत्रमा गएका छन्।

    प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गरेका छन्।  मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो।