२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

शनिवार , कार्तिक १८, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, १८ कार्तिक । 
    नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्ने विधानको व्यवस्था छ। कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य छन् । बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसले जनाएको छ ।