२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

कोशी सरकारबाट बाहिरियो एमाले, मन्त्री रानाले दिए राजीनामा

शनिवार , कार्तिक १८, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • विराटनगर, १८ कार्तिक । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा समेटेपछि एमाले कोशी सरकारबाट बाहिरिएको हो ।

    आफनो पार्टीको विरोध र असहमतिको बाबजुद पनि हिजो शुक्रबार माओवादीका गणेश उप्रेती र समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाएपछि आजबाट एमाले सरकारबाट बाहिरिएको हो ।

    शनिबार बिहान एमालेबाट कार्की मन्त्रीपरिषदमा मन्त्री रहेका एमाले संसदीय दलका उपनेता राम रानाले राजीनामा दिएसँगै एमाले सरकारबाट औपचारिक रुपमा बाहिरन पुगेको हो । 

    मुख्यमन्त्री कार्कीले मन्त्रीमा नियुक्त गरे लगत्तै प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार साँझ नवनियुक्त मन्त्रीद्धयलाई शपथग्रहण गराएका थिए । उनीहरूको जिम्मेवारी भने तोकिएको छैन ।