२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

मायादेवी गाउँपालिकाले ५ लाख बराबरको राहत सामग्री पठाउने

आइतवार , कार्तिक १९, २०८०

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, १९ कार्तिक । रुपन्देहीको मायादेवी गाउँपालिकाले भुकम्पप्रभावित क्षेत्रमा पाँचलाख बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय गरेको छ ।

    गाउँपालिकामा आइतबार दिउँसो बसेको विपद व्यवस्थापन समितिको बैठकले पालिकाको विपद व्यवस्थापन कोषबाट पाँचलाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले जानकारी दिए ।

    पाँचलाख रुपैयाँ बराबरको लत्ता कपडा र खाद्यन्न सामाग्री खरिद गरी भुकम्पप्रभावित क्षेत्रमा पठाइने पालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए ।