२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

रोहिणी अध्यक्ष यादवले एकमहिनाको तलब भूकम्पपीडितलाई दिने

आइतवार , कार्तिक १९, २०८०

भैरहवा, १९ कार्तिक । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले एक महिनाको तलब भूकम्पपीडितलाई प्रदान गर्ने भएका छन् । भूकम्प पीडितको राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा आफूले पाउने एक महिनाको तलब दिने अध्यक्ष यादवले बताए । भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन सरकारी कोषमा एक महिनाको तलब बराबरको रकम जम्मा गर्ने उनले जानकारी दिए ।

भूकम्पबाट भएको जनधनको क्षतिप्रति अध्यक्ष यादवले दुःख व्यक्त गरेका छन् । उनले भूकम्पका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्र भएर कात्तिक १७ गते शुक्रबार राति ६.४ रेक्टरको भुकम्प गएको थियो ।