
मंगलवार , कार्तिक २१, २०८०
काठमाडौं, २१ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा आज सर्वदलीय बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दिउँसो २ बजे सो बैठक बस्दैँछ ।
बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत शुक्रवार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्प कारण एक सय ५७ जनाको ज्यान गएको तथा हजारौं घर क्षतिग्रस्त भए पछिको अवस्थाका बारेमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij