२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सूर्यदेव माविमा सरस्वती मूर्ति स्थापना

मंगलवार , कार्तिक २१, २०८०

भैरहवा, २१ कार्तिक ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० दोगहरीस्थित श्री सूर्यदेव माध्यमिक विद्यालयमा सरस्वती मूर्ति स्थापना गरिएको छ । जसअन्तर्गत आइतबार मूर्तिपूजन, सोमबार मूर्ति परिक्रमा र सोही दिन प्रसाद ग्रहण तथा मूर्ति स्थापना गरिएको सिद्धार्थनगर नगरपालिका–१० का वडाअध्यक्ष सूर्जमन यादवले बताए ।

mmm.jpg
undefined

मूर्ति परिक्रमा सिद्धार्थनगर–१० र ११ का विभिन्न गाउँ/टोलमा गरिएको वडाअध्यक्ष यादवले बताए । मूर्ति परिक्रममा विद्यालय परिवारसँगै स्थानीयको उल्लेखय उपस्थिति रहेको थियो । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० को वडा कार्यालयले कार्यक्रमको आयोजना गरेको थियो ।

nn.jpeg

श्री सूर्यदेव माविमा सरस्वती मन्दिरको गत वैशाख १३ गते सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले शिलान्यास गरेकी थिइन् । त्यस्तै कार्तिक २० गते सोमबार उपप्रमुख अधिकारीले मन्दिरको उद्घाटन गरेकी छन् । कार्यक्रममा स्थानीयबासी, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यार्थीहरुलगायतको उपस्थिति रहेको वडा कार्यालयले जनाएको छ । 

bbb.jpg
nnn.jpg
nnnk.jpg