२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

१४ मंसिरदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने एमालेको निर्णय

बुधवार , कार्तिक २२, २०८०

  • 889
    Shares
  • 889
    Shares
  • काठमाडौं, २२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो १४ मंसिरदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ ।

    बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेकोे सचिवालय बैठकले १४ मंसिरदेखि तीन साता लामो मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ ।

    सो अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुने एमालेले जनाएको छ ।