२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

कञ्चनमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी

बुधवार , कार्तिक २२, २०८०

रुपन्देही, २२ कार्तिक ।
रुपन्देहीको कञ्चन गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ ।  कञ्चन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताइन् । उनले नागरिकलाई शिक्षा र स्वास्थ्यको पहुँचमा पुर्याउन केन्द्र, प्रदेश र स्थानीय पालिकाहरुले सशक्त भएर काम गर्नुपर्नेमा जोड दिइन् । उनले कञ्चन गाउँपालिकाले विद्यालयमा अध्ययन गर्ने बालबालिकाको शिक्षा र पोषणमा पालिकाको बजेटले भ्याएसम्म खर्च गरेर काम गरिरहेको बताइन् ।  

कार्यक्रममा कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले विद्यालयमा अध्ययनरत बालबालिकाहरु विभिन्न स्वास्थ्यको जोखिममा रहेको बताए । उनले पोषणमा ध्यान सकियो भने बालबालिकालाई धेरै रोगबाट बचाउन सकिने भएकोले पालिकाले विद्यालयका बालबालिकाको स्वास्थ्य र पोषणमा कमी हुन नदिएको बताए । 

कार्यक्रममा कञ्चन गाउँपालिकाका स्थानीयले बालबालिकालाई कुपोषणबाट मुक्त गराउन विद्यालयमा मात्रै होइन घरमा पनि आमा बुवाले ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमले बालबालिकाको स्वास्थ्य शिक्षामा ध्यान दिन अझै प्रेरणा दिएको सहभागीहरुको धारणा छ ।