
बुधवार , कार्तिक २२, २०८०
काठमाडौं, २२ कार्तिक ।
नेकपा एमालेले जिल्ला अधिवेशन गर्ने समय ४ महिना थप गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी जेठ मसान्तसम्म जिल्ला अधिवेशनको समयावधि थप गर्ने निर्णय गरेको हो ।
सचिवालय बैठकले मंसिर ६ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । आसन्न केन्द्रीय कमिटीको बैठकमा एमालेले मंसिर १४ गतेबाट सुरु हुने मध्यपहाडी लोकमार्ग विशेष अभियानलाई प्रभावकारी र नतिजामूलक बनाउन आवश्यक कार्य तय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै एमालेले पूर्वको चिवाभञ्ज्याङदेखि पश्चिमको झुलाघाटसम्म ३ हप्ता लामो अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij