२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

हसनापुर माविले मनायो ५८ औं वार्षिकोत्सव

बिहिवार , कार्तिक २३, २०८०

भैरहवा, २३ कार्तिक ।
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ८ स्थित श्री हसनापुर माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैडहवा गाउँपालिककाा अध्यक्ष सुरेन्द्र पौडेलले आफूले अध्ययन गरेको विद्यालयसमेत रहेको हसनापुर माविलाई सधै प्राथमिकता राख्ने बताए । उनले शिक्षा क्षेत्रको विकास बिना समाज परिवर्तन हुन नसक्ने बताउँदै भौतिकसँगै शिक्षाको गुणस्तरमा गाउँपालिकाले निरन्तर काम गरेको बताए ।

अध्यक्ष पौडेलले हसनापुर माविमा ३ लाख रुपैयाँको अक्षयकोष  स्थापना गर्ने बताए । उनले शैक्षिक सुधारमा शिक्षक, अभिभावक र विद्यार्थीको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताए । 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, वडाअध्यक्ष भुवन कुमार राना, गैडहवा शिक्षा शाखा प्रमुख माधवराज पौडेल, सुर्यपुरा माध्यमिक विद्यालयका प्र.अ रामजी आचार्य, नमुना शिक्षा इङलिस स्कूलका रामलाल लोधलगायतले विद्यालयको सफलताको शुभकामना दिएका थिए ।

हसनापुर माविका प्र.अ रमेश कुमार नाउले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका सुधार गर्नुपर्ने बारेमा जानकारी दिए । वार्षिकोत्सव कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

400168110_1885692155161751_4054982847932464489_n.jpg

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद वरईको अध्यक्षता तथा शिक्षकहरु भागिरथ पोख्रेल र कल्पना भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।