२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

पोर्चुगलको राजदूतमा सनिल नेपाल सिफारिस

बिहिवार , कार्तिक २३, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, २३ काात्तिक । सरकारले पोर्चुगलका लागि नेपाली राजदूतमा सनिल नेपालको नाम सिफारिस गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलका लागि नेपाली राजदूतमा सनिल नेपालको नाम सिफारिस गरेको हो । 

    कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा चिनिएका उजले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसकेको अनुभव छ । 

    त्रिभुवन विश्वविद्यालयबाटै मानवीकी संकाय तर्फको अंग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका नेपालले कानुन शास्त्रका समेत विद्यार्थी हुन् ।