images

शुक्रवार, बैशाख २१ गते २०८१

खुकुरी प्रहार तथा कुटपिट गरी ज्यान मार्ने दुई जना पक्राउ

खुकुरी प्रहार तथा कुटपिट गरी ज्यान मार्ने दुई जना पक्राउ

images
images
images
बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • खुकुरी प्रहार तथा कुटपिट गरी ज्यान मार्ने दुई जना पक्राउ

    काठमाडाै, २३ कात्तिक । झापा र पर्साबाट खुकुरी प्रहार तथा कुटपिट गरी ज्यान मार्ने दुई जना पक्राउ परेका छन् । झापाकाे भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४५ वर्षीय धन बहादुर कट्वालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले अधिकारीलाई खुकुरीसहित पक्राउ गरेको हो । 

    पर्साकाे पर्सागढी नगरपालिका-४ हरदासपुर टोल  बस्ने ५८ वर्षीय राजिन्द्र रामको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय आशा चौधारीलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी उनीहरूबीच सोमबार साँझ कुटपिट तथा झै-झगडा हुँदा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij