२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

राप्रपा केन्द्रीय समिति बैठक पुस १ देखि ३ गतेसम्म

बिहिवार , कार्तिक २३, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, २३ कार्तिक । 
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको राप्रपाले जनाएको छ ।

    आज बसेको राप्रपाको बैठकले जाजरकोट भूकम्पका बारेमा छलफल गर्न सर्वदलीय बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णयसमेत गरेको राप्रपाले जनाएको छ ।

    राप्रपाले भूकम्पबाट घरवार गुमाएकाहरुलाई तत्काल राहत उपलब्ध गराउन पनि माग गरेको छ । उसले राहत वितरणमा एकरुपता नदेखिएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।