
बिहिवार , कार्तिक २३, २०८०
काठमाडौं, २३ कार्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको राप्रपाले जनाएको छ ।
आज बसेको राप्रपाको बैठकले जाजरकोट भूकम्पका बारेमा छलफल गर्न सर्वदलीय बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णयसमेत गरेको राप्रपाले जनाएको छ ।
राप्रपाले भूकम्पबाट घरवार गुमाएकाहरुलाई तत्काल राहत उपलब्ध गराउन पनि माग गरेको छ । उसले राहत वितरणमा एकरुपता नदेखिएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij