
मंगलवार , कार्तिक २८, २०८०
भैरहवा, २८ कार्तिक ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलेले नियमनकारी कानून बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित नभएको बताएका छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन । ’
कन्टेन्ट आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो भएको र यसमा ध्यान दिन उनले आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij