images

मंगलवार, बैशाख २५ गते २०८१

लुम्बिनी वर्ल्ड स्कूलमा ‘साहित्य महोत्सव–२०८०’ 

लुम्बिनी वर्ल्ड स्कूलमा ‘साहित्य महोत्सव–२०८०’ 

images
images
images
मंगलवार, कार्तिक २८ २०८०
मंगलवार, कार्तिक २८ २०८०
  • लुम्बिनी वर्ल्ड स्कूलमा ‘साहित्य महोत्सव–२०८०’ 

    तिलोत्तमा, २८ कार्तिक ।
    लुम्बिनी वर्ल्ड स्कूलले दशैं–तिहारको अवसर पारेर आफ्नो पहिलो साहित्यिक महोत्सव सम्पन्न गरेको छ । प्रीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुको सहभागीता रहेको उक्त महोत्सव दुई हप्तासम्म सञ्चालन गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा साहित्यिक माहोल तयार गरी विद्यार्थीहरुलाई विभिन्न रचनात्मक कार्यहरूमा सामेल गराइएको थियो । 

    images
    images
    images

    सो कार्यक्रममा अभिभावकको समेत सहभागीता गराइएको थियो । अभिभावकहरुले पनि विद्यार्थीहरुमाझ आफ्ना साहित्यिक रचना तथा मन्तव्य प्रस्तुत गरेका थिए । साथै केही अभिभावकहरुले भने विद्यालय प्रशासनमार्फत पठाएका रचनाहरुलाई पनि वाचन गरिएको थियो । 

    त्यसै गरी विद्यालयका शिक्षकबाट पनि साताभरी विभिन्न साहित्यिक रचनाहरु नेपाली र अंग्रेजी दुवै भाषामा वाचन गरिएको थियो । विद्यार्थीहरु पनि आफ्ना–आफ्ना साहित्यिक रचनाहरुलाई विद्यालय परिवार सामु वाचन गर्न पाउँदा निकै हर्षित देखिन्थे । 

    महोत्सवका मुख्य आकर्षणका रुपमा रहेका थिए लेखक तथा गीतकार पुरुषोत्तम ढुंगेल । हालै प्रदर्शन भएको ‘एक भागवत गीता’ नामक चलचित्रका लेखक साथै प्रसिद्ध गजल ‘ऊ जीतेर गई या हारेर गई’ का रचनाकार ढुंगेलले कार्तिक २१, २२ र २३ गते कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरुको गीत, कविता र नाटक लेखन सीपको कौशलता बढाउने कार्यशाला सञ्चालन गरेका थिए ।
    ‘आजका श्रष्टा भोलीका द्रष्टा’ भन्ने विचारलाई आत्मसात गर्ने ढुंगेल विद्यार्थीमाझ साहित्यिक सीप बाँड्ने मौका दिएको भन्दै विद्यालय परिवारलाई धन्यवाद दिए ।

    साहित्यिक महोत्सवको उद्देश्य, साहित्यको माध्यमबाट विद्यार्थी भाइबहिनीहरुको भाषिक सीप अझ प्रगाढ़ बनाउनु हो भन्दै विद्यालयका भाषा संकायका शिक्षिक–शिक्षिकाले हरेक विद्यार्थीले एक–एक सिर्जना तयार पारेको बताएका थिए । विद्यालयका शैक्षिक निर्देशक डा. मिन प्रसाद खनालले आफ्ना रचनाहरु प्रस्तुत गर्दै भने, ‘यस किसिमका कार्यशालाको दिगो प्रभाव भनेकै विद्यार्थीहरुमा गुणस्तरीय ज्ञानको विजारोपण हुने र अन्तर्राष्ट्रियस्तरका साहित्यक रचनाहरु जन्मनु हो ।’

    यस किसिमका कार्यशालाले विद्यार्थीहरुलाई पठनपाठनमा अझ गहिराउने र सिकाईको अपनत्व प्रदान गर्दै उनीहरुको सृजनात्मक क्षमता बढ़ने विद्यालयका प्राचार्य विष्णु प्रसाद ढकालले बताए ।

    विद्यालयले सधै भाषिक र साहित्यिक सीपको विकासलाई पाठ्यक्रम अनुरूप अगाडि  बढ़ाउँदै आएको र यो महोत्सवले तिनै प्रयासहरुलाई उत्सवको रुपमा मनाएको ‘साहित्य महोत्सव–२०८०’ की संयोजक तथा विद्यालयकी सह–प्राचार्य लजिता शर्माले बताइन् । उनले यो कार्यक्रमले आगामी दिनहरूमा साहित्यको रोचक पक्षहरुलाई औजारको रुपमा प्रयोग गर्दै विद्यार्थीहरुमा पठन संस्कृतिको विकास अझ बढाउनेमा विश्वस्त रहेको बताइन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij