images

आइतवार, बैशाख १६ गते २०८१

बगरमा नै ‘सुन फलाउँदै’ सिराहाका भूमिहीनहरु

बगरमा नै ‘सुन फलाउँदै’ सिराहाका भूमिहीनहरु

images
images
images
बुधवार, कार्तिक २९ २०८०
बुधवार, कार्तिक २९ २०८०
  • बगरमा नै ‘सुन फलाउँदै’ सिराहाका भूमिहीनहरु

    महोत्तरी, २८ कार्तिक ।
    एक वर्ष अगाडि मात्र फर्केर हेर्ने हो भने कर्जन्हा नगरपालिकाको वडा नम्बर ६ स्थित कमला नदीको किनारमा रहेको बगरमा कासघारी र बालुवा मात्र थियो । बगर नै बगर रहेको बरहरा मिर्चैया भन्ने यस ठाउँमा दिउँसै मानिसहरु आवतजावत गर्न  डराउँथे । तर, वर्ष दिनको छोटो अवधिमा यही बालुवाघारी हरियाली मात्र होइन, गरीब र भूमिहीनको लागी सबथोक बनेको छ ।
    लटरम्म फलेको खुर्सानी देखाउँदै स्थानीय रामेश्वर सिंहले भने, ‘यदि यो बगर नगरले  गरिखान दिएर सहयोग नगरेको भए त हामी निकै समस्यामा हुन्थ्यौ ।’

    images

    ‘पहिले बनिबुथो गरेर खान पनि खान धौधौ हुन्थ्यो, ‘एक बर्ष अगाडीको स्मरण गर्दै सिंहले भने, ‘अर्काको ज्यालादारी गरेर आएको पैसाले जीविकोपार्जन गर्थ्यौ अहिले त यही बगरबाट त्यसको दोब्बर आम्दानी हुन्छ ।’ सुरुमा त सिंहले बगरमा खेती गरेर आयआर्जन होला भन्ने पत्याउन नै सकेका थिएनन् । ‘माटो नभएको, वालुवा नै बालुवा भएको उक्त ठाउँमा नगर र गैरसरकारी संस्थाहरुले अन्यत्र ठाउँवाट माटो मात्र ल्याएनन, प्रांगारिक मल समेत ल्याएर बगरलाई उर्वरायुक्त बनाए,झ सिंहले भने, ञअनी हामीलाई सुःखका दिन आए जस्तो लाग्यो ।’

    रामेश्वर सिंह जस्तै अहिले २४३ भूमिहीन, गरीब र विपन्न समुदायका परिवार आजकाल यही बगरमा आश्रित बनेका छ्न ।
    नगरपालिका र युएनडिपीको आर्थिक सहयोग अनि सामुदायिक विकास तथा पैरवी मंचको  प्रावधिक सहयोगमा झण्डै ११६ बिगाह जमिनमा पुर्ण भूमिहिन, गरीब तथा विपन्नहरुका लागी जीविकोपार्जनको माध्यम मात्र बनेको छैन, नगरको नै समृद्धिको आधार समेत तयार भएको छ ।

    नदी उकास बगरहरु मधेशमा क्रसर माफिया र भूमाफियाहरुको निसाना बनिरहेको बेला नगर तथा गैरसरकारी संस्थाहरुले गरिबी उन्मुलनका लागि गरेको प्रयास उदाहरणीय बनेको भन्दै युएनडिपी मधेश प्रदेश प्रमुख धनबहादुर चनले यो नेपालको नौलो कृषि क्रान्ति भएको बताए ।

    नगरको अधिनमा रहेको  क्षतिग्रस्त भुः भागमा सामूहिक खेती गर्नु समाजवादको अभ्यास समेत भएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवको बुझाइ छ । अहिले यहाँ ११ हजार भन्दा बढी फलफूलका विरुवा हुर्कदैछन् भने ७० बिगा क्षेत्रफलमा तरकारी खेती गरिएको छ । सिंचाइका लागी भूमिगत पानीलाई उत्खनन् गरेर ४ वटा इनार बनाइएको छ ।

    उत्पादित वस्तुहरुलाई बजारसम्म पुर्याउन यो ११६ विगा जग्गालाई दुई भागमा बिभाजन गरेर कृषि सडक विस्तार गरिएको छ । आफ्नो कार्यकालभरी नै गरीबहरुका लागी यो काम महत्वपूर्ण हुने बताउँदै जनप्रतिनिधिहरुले समेत यही बगरलाई जस लिने ठुलो माध्यम बनाएका छन ।

    वडाअध्यक्ष प्रकाश श्रेष्ठ भन्छन, ‘हामी यो कार्यकालको महत्वपूर्ण काम भएको अनुभूति गरेका छौ । गरीबहरुमा देखिएको खुसीले नै यो हाम्रो सफलता हो भन्ने ठानेका छौं ।’

    स्थायी तटबन्धनको अभावमा नदीले कटान गरेर बगर बनाएका हजारौ हेक्टर जमिन अहिले पनि मधेशमा क्रसर माफियाहरुको वालुवा उत्खनन् गर्ने अखडा बनेको छ भने भु–माफियाहरुले अतिक्रमण गरेर रातारात आफ्नै अधिनमा बनाएका धेरै दृष्टान्तहरु छन ।

    तर, यस्ता जग्गाहरुलाई पहिचान गरि कर्जन्हाको जस्तै पूर्ण भूमिहीन, गरीब र विपन्नका लागि उपभोग गर्ने हो भने गरीबी उन्मुलनको माध्यम मात्र होइन समृद्धिको आधार समेत तयार गर्न सकिने यो बगरले सन्देश समेत दिएको छ ।

    हुर्कदै गरेका सयौ जातका आपका विरुवाहरु, प्रवल, खुर्सानी, भ्याण्टा, कुर्ती आदीले हराभरा बनाएको बालुवाघारीलाई कसरी उर्वर बनाउन सकिन्छ भन्ने कर्जन्हा गतिलो उदाहरण बनेको अनुगमनको क्रममा त्यहा पुगेका बर्दिवास नगरपालिकाका पूर्व वडाअध्यक्ष चुडामणी पोखरेल बताए ।

    फ्रान्सबाट आएका युएनडिपीका डिपुटी रेजिडेन्ट रिप्रीजेन्टिभ हेड  जुलियनले पनि बगरमा फस्टाउदै गरेको किसानहरुको मेहनत देखेर निक्कै खुसी भए । बगरमा सुन फलाइरहेको किसानहरुलाई देखेपछि थप सहयोगको लागि पनि गृहकार्य गर्ने उन्ले आश्वासन दिएका छन् ।

    nn.jpg

    त्यस्तै वातावरण विज्ञ प्रज्ञ जन एलम्बरले कमला नदिले क्षतबिक्षत बनाएको भूभागमा यति ठूलो परिवर्तन हुनु वास्तवमै कृषि क्रान्ति भएको धारणा राखे ।

    युएनडिपीद्वारा १ करोड १४ लाख २२ हजार ६ सय र नगरपालिकाद्वारा १ करोड ३६ लाख २५ हजार लगानीमा हराभरा बनिरहेको वालुवाघारी नगरले भूमिहीन, गरीब र विपन्नहरुलाई २५ वर्षको लागी हस्तान्तरण गरेको छ ।
    कृषि पर्यटनको रुपमा विकास भइरहेको यो बालुवाघारी कृषिप्रति चासो राख्ने जो कोहीका लागी महत्वपूर्ण अध्ययन केन्द्र बन्न सक्ने कृषि विज्ञहरु बताउँछन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij