२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

नेकपा एस महोत्तरीका अध्यक्षसहित नेता–कार्यकर्ताले गरे पार्टी परित्याग

शुक्रवार , मंसिर १, २०८०

बर्दिवास, १ मंसिर । 
नेकपा (एकीकृत समाजवादी) महोत्तरीका अध्यक्ष कौशिलाल यादवले पार्टी परित्याग गरेका छन् । महोत्तरीको रामगोपालपुरमा नेकपा एमाले क्षेत्रीय समन्वय समितिले आयोजना गरेको दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

नेकपा (एस) का जिल्ला अध्यक्ष यादवसहित जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायत नेता कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

माधव कुमार नेपाल नेतृत्वको नेकपा एस परित्याग गरेका नेताहरुलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।