
शुक्रवार , मंसिर १, २०८०
काठमाडौं, १ मंसिर ।
नेपाली कांग्रेसले सहकारी विभागको जिम्मेवारी देवेन्द्रराज कंडेललाई दिएको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार सहकारी विभाग प्रमुखमा पूर्व गृह राज्यमन्त्री कंडेललाई मनोनित गरी जिम्मेवारी दिएका हुन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विधानको धारा ३७ को उपधारा १ अनुसार सभापति देउवाले सहकारी विभाग प्रमुखमा कंडेललाई मनोनित गरेका हुन् ।
कांग्रेस विधानमा महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गरिसक्नुपर्ने व्यवस्था भए पनि सभापति देउवाले ढिलो गरी जिम्मेवारी तोकेका हुन् । कंडेल कांग्रेस केन्द्रिय सदस्य हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij