images

आइतवार, बैशाख १६ गते २०८१

‘सामूहिक प्रयासले छैठौं लुम्बिनी प्रादेशिक महोत्सव-२०८० सफल हुन्छ’ 

‘सामूहिक प्रयासले छैठौं लुम्बिनी प्रादेशिक महोत्सव-२०८० सफल हुन्छ’ 

images
images
images
शनिवार, मंसिर २ २०८०
शनिवार, मंसिर २ २०८०
  • ‘सामूहिक प्रयासले छैठौं लुम्बिनी प्रादेशिक महोत्सव-२०८० सफल हुन्छ’ 

    भैरहवा, २ मंसिर ।
    यही मंसिर ६ देखि १८ गतेसम्म रुपन्देहीको भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सफल पार्न सामूहिक प्रयास आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले मेला सफल बनाउन आयोजकको एक्लो प्रयासले मात्र सफल हुन नसक्ने भएकोले सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए । 

    images

    शुक्रबार सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरस्थित मेला सचिवालयमा आयोजित महोत्सवका सल्लाहकारहरुसँग छलफल तथा सुझाव बैठकमा महोत्सव आयोजक संस्था चेम्बर अफ कमर्श, (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले आर्थिक मन्दीको अवस्था रहेकोले मेलाले आर्थिक चलायमानमा केही भए पनि सहयोग पुर्याउने बताए । उनले मेलाले उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएर पनि नियमित सञ्चालनमा आउन सकेको छैन, विमानस्थल सञ्चालनका लागि दबाब दिन हवाइजहाज आकृतिमा मेलाको प्रवेशद्वार निर्माण हुँदैछ । ’ मेला मूल आयोजक समितिका संयोजक समेत रहेका श्रेष्ठले मेलाले खेलकुद, कला, संस्कृतिको समेत प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे ।

    पूर्व भूमिसुधार राज्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य हकिकुल्ला खाँले महोत्सव सफल पार्न सहयोग गर्ने बताए । उनले चुनौतिको सामना गर्दै मेला सफल पार्न लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘महोत्सवमा बजार मूल्य भन्दा बढी मूल्यमा सामान विक्री भए नराम्रो सन्देश जान्छ, यसमा आयोजकले ध्यान दिनुपर्छ । ’

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले मेला एउटा संस्थाको मात्र नभइ भैरहवाले आयोजना गरेको मेला भएको बताए । उनले सिद्धार्थ उद्योग वाणिज्य संघ र उद्योग व्यापार संगठन, रुपन्देहीबीच सहकार्य भइरहेको बताए । उनले मेला सफल पार्न दर्शकको उपस्थिति महत्वपूर्ण हुने बताए ।

    मेला मूल आयोजक समितिका सह–संयोजक खिम बहादुर खत्रीले मेला सफल बनाउन एकढिक्का भएर अघि बढ्ने बताए ।
    सिद्धार्थ सञ्जाल, रुपन्देहीका महासचिव संजय बजिमयले आगामी दिनमा विशिष्टीकृत मेला आयोजना गर्नुपर्नेमा जोड दिए ।
    उद्योग व्यापार संगठन रुपन्देहीका संस्थापक अध्यक्ष मनिष कुमार जोशीले मेलालाई आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिए । 
    सिद्धार्थनगर नगरपालिका–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले वडाबासीलाई महोत्सवमा जान आग्रह गर्ने र मेला सफल बनाउन सक्दो सहयोग गर्ने बताए ।

    सिद्धार्थनगर नगरपालिकाका पूर्व अधिकृत तथा समाजसेवी शेखरनाथ पन्थीले प्रशासनिक निकायसँग समन्वय गरेर अगाडि बढ्न आग्रह गरे ।

    लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताले महोत्सवको सफलता भैरहवाको सफलतासँग पनि जोडिएको बताए ।

    समाजसेवी तथा नेकपा (एमाले) का नेता भरत पोखरेलले विगतका महोत्सवमा भएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्न आग्रह गरे । उनले प्रादेशिक महोत्सव भएकाले लुम्बिनी प्रदेशमा रहेका १२ वटा जिल्लाकै उत्पादन महोत्सवमा ल्याउन सक्नुपर्ने बताए । समाजसेवी कुलानन्द ज्ञवालीले १–२ जनाले मात्र महोत्सव सफल हुन नसक्ने भएकाले मिलेर अघि बढ्न आग्रह गरे ।
    लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले मुलुक आर्थिक संकटमा रहेको बेला पनि महोत्सव आयोजना गर्नु प्रशंसनीय रहेको बताइन् । उनले सामूहिक प्रयासले मेला सफल हुने बताइन् ।

    मोबाइल व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष बैजनाथ गुप्ता (बी.एन.)ले मेलामार्फत सीमा पारी गएर सामान किन्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए ।

    ग्लोबल आइएमई बैंक भैरहवा शाखा प्रबन्धक प्रेमसागर अग्रहरीले मेलाका स्टलहरुमा भीड हुने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले उद्योगी–व्यवसायी र बैंकबीच बढेको दुरीलाई कम गर्ने सन्देशमूलक कार्यक्रम आयोजना गर्नुपर्ने बताए ।
    सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन श्रेष्ठले महोत्सव गहना भएकाले सबै मिलेर यसलाई सफल बनाउनुपर्नेमा जोड दिए ।

    मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले मेला सफल भए सबै सफल हुने र राम्रो सन्देश जाने बताए । 
    उद्योग व्यापार संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काको स्वागत तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा समाजसेवी कृष्ण प्रसाद भण्डारी, नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थी, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका सचिव बालकिसुन गुप्ता बनिया, सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राजन रसाइलीलगायतले बोल्दै महोत्सव सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताए ।

    सिद्धार्थनगर नगरपालिकाको सह–आयोजनामा हुने महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्श काठमाडौं र चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश रहेको छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij