images

शनिवार, बैशाख १५ गते २०८१

तिलोत्तमा मेला : कृषिमा दर्शकको आकर्षण

तिलोत्तमा मेला : कृषिमा दर्शकको आकर्षण

images
images
images
शनिवार, मंसिर २ २०८०
शनिवार, मंसिर २ २०८०
  • तिलोत्तमा मेला : कृषिमा दर्शकको आकर्षण

    तिलोत्तमा, २ मंसिर । 
    तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राममा शुक्रबारदेखि ‘तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव–२०८०’ सुरु भएको छ ।

    images

    महोत्सवमा कृषिका स्टलहरुमा आकर्षण बढेको छ । मेला सचिवालय साईडमा माछाका  ठुला २ पोखरी बनेका छन् । जसमा १० देखि  १५ केजीसम्मका माछाहरु हेर्न दर्शकहरु आइरहेका छन् । रुपन्देहीको सियारी गाउँपालिका ५ छपिया बनघुसरीमा रहेको जलदेबी मत्स्य उत्पादक सहकारी संस्थाले ल्याएका माछाहरु हेर्नको लागि महोत्सव स्टल पुग्ने गरेका छन् । 

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रुपन्देहीको प्रवर्द्धनमा सञ्चालित जलदेवी मत्स्य उत्पादक सहकारी संस्थाले ल्याएका तथा मण्डल मत्स्य ह्याचरी फार्म तिलोत्तमा–१३ पत्थरडाडाले व्यवस्थापन गरेका माछाहरुमा दर्शकको संख्या धेरै रहेको मेला आयोजक मूल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी (माधव) ले बताए । चाडपर्व पछिको पहिलो शनिबार भएकोले पनि दर्शकको संख्या पनि उत्साहजनक रहेको उनले बताए । 

    ‘सबल अर्थतन्त्रको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ मंसिर १२ गतेसम्म सञ्चालन हुने मेलामा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मेला आयोजक मूल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए ।

    रहु, ग्रास कार्प र बिगहेड जातका १५ केजी सम्मका माउ माछाहरु प्रदर्शनीमा राखिएको सहकारीका कार्यसमिति सदस्य केशवराज पोख्रेलले जानकारी दिए ।  मेलामा राखिएका माछाहरु प्रवद्र्धनका लागि राखिएको बताउँदै मागअनुसार फर्मबाट मेलामा राखिएको स्टलबाट माछाका परिकार विक्रीवितरण भइरहेको उनले बताए । 

    भैरहवा, देवदह, बुटवललगायतका मेलामा स्टल लैजाने गरेको सहकारीका व्यवस्थापक सुरज खनालले जानकारी दिए । 
    मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं विक्री हुने संघका महासचिव राजकुमार पाण्डेले बताए ।

    प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यवसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने गोष्ठी, तालिम तथा सेमिनार समितिका संयोजक सुरज पंगेनीले जानकारी दिए ।

    मेलामा औद्योगिक प्रविधि, रेष्टुरेण्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत विभिन्न प्रकृतिका ३ सय स्टलहरू रहेका छन् । मेला तथा महोत्सवलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त गायकगायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुति, सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिताहरु रहनेछन् ।

    मेला सम्पन्न गर्न सरकारका विभिन्न निकायहरु, राजनीतिक दल, संघ–संस्था, सुरक्षा निकाय, उद्योगी, व्यवसायी, सञ्चारकर्मी, समाजसेवी एवं आम नागरिकहरुको पूर्ण साथ र सहयोग प्राप्त हुने संघले विश्वास लिएको संघका सदस्य सुर्य न्यौपानेले बताए । 

    शनिबार खेम सेन्चुरी, विष्णु जी पाण्डे माईला बा, लक्ष्मी बस्नेत, नारायाण बिपि परियार, सकुन्तला गैरे लगायतका कलाकारले मनोरञ्जन दिलाएका छन् भने आइतबार हेमन्त शर्मा, दिपक दर्लामी, रेनु राना मगर, निर्मला गुरुङ, लालमाया थापा, घनश्याम रिजाल लगायतका कलाकारको प्रस्तुती रहने साँस्कृतिक समिति संयोजक धन बहादुर गुरुङले जानकारी गराए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij