२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

उपराष्ट्रपति यादव आइतबार रुपन्देही आउँदै

शुक्रवार , मंसिर ८, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, ८ मंसिर ।
    उपराष्ट्रपति रामसहाय प्रसाद यादव मंसिर १० गते आइतबार रुपन्देही आउने भएका छन् । रोहिणी गाउँपालिका–२ भटपुरवास्थित श्री पोखरभिण्डी माध्यमिक विद्यालयको दुईतल्ले १२ कोठे भवनको उद्घाटन कार्यक्रममा उपराष्ट्रपति आउनुहुने रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

    अध्यक्ष यादवका अनुसार उपराष्ट्रपति र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवद्वारा संयुक्त रुपमा उक्त भवनको उद्घाटन हुनेछ । कार्यक्रममा भारतीय राजदुतावास, काठमाडौं नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवको पनि उपस्थिति रहने उनले जानकारी दिए ।

    उद्घाटन कार्यक्रम बिहान १० बजेदेखि सुरु हुने श्री पोखरभिण्डी माध्यमिक विद्यालयले जनाएको छ । कार्यक्रमको तयारी तीव्र पारिएको रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानले बताए ।