२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लैंगिक हिंसाविरुद्ध एकजुट भएर अघि बढ्नुपर्छ : उपप्रमुख अधिकारी

आइतवार , मंसिर १०, २०८०

भैरहवा, १० मंसिर ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले लैंगिक हिंसाविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन् । उनले टीमवर्क आवश्यक रहेकोमा जोड दिएकी छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा महिला जनप्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि र शाखा प्रमुखहरुलाई महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव र उन्मूलन महासन्धी कार्यान्वयन सम्बन्धी अभिमुखीकरणमा उपप्रमुख अधिकारीले यस्तो बताएकी हुन् । 

सिद्धार्थनगर नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखाले शनिबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले भनिन्, ‘एक्लो व्यक्तिको प्रयासले मात्र हुँदैन । एकजुट भएर लाग्नुपर्छ । थप प्रयास गरौं । ’उनले शिक्षामा समेत विभेद हुने गरेको बताइन् । कतिपय ठाउँमा छोरीहरुलाई पढाएर किन खर्च गर्ने भन्ने पनि सोच रहेको उनको भनाइ छ ।

उनले न्यायीक समितिले आफ्नो दायरामा रहेर काम गरिरहेको बताइन् । उनले सिद्धार्थनगर नगरपालिकाको न्यायिक समिति जिल्लामै प्रथम स्थान हासिल गर्न सफल भएको र न्यायिक समितिको कार्यलाई प्रभावकारी बनाउने कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी निरीक्षक सविता जि.सी. तथा अधिवक्ता रीता खनालले लैंगिक हिंसाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सिद्धार्थनगर नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीको सञ्चालनमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

nnmk.jpg

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको छ ।

WhatsApp Image 2023-11-26 at 8.25.46 AM.jpeg