
मंगलवार , माघ २०, २०७७
अर्घाखाँची, २० माघ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले जनताको मतबाट निर्वाचित प्रतिनिधिसभा विघटन गरेर देशलाई दुर्घटनातर्फ लैजादा प्रधानमन्त्रीले जनआन्दोलनबाट प्राप्त उपलब्धी समाप्त पार्ने खेलमा लागेको बताएका छन् । वैशाखमा निर्वाचन हुने कुनै सम्भावना नरहेको भट्टराईले बताए । वैशाखपछि देश ठुलो दुर्घटनातर्फ जान लागेकोले दुर्घटना हुन नदिन सबै सतर्क हुनुपर्ने उनको भनाइ छ ।
प्रेस नेपालले मंगलबार अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी रहेको बताए । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपाको प्रचण्ड, नेपाल समुहसंग सहकार्य गरेर आन्दोलनमा जान जनता समाजवादी पाटी तयार रहेको र संयुक्त आन्दोलनका लागि कांग्रेस र प्रचण्ड नेपाल समुहसंग कुराकानी समेत भइरहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij