२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

रोहिणी र ओमसतियामा आज स्थानीय विदा

सोमवार , मंसिर ११, २०८०

भैरहवा, ११ मंसिर ।
रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकाले सोमबार (आज) स्थानीय विदा दिएका छन् । यस क्षेत्रको धार्मिक आस्था केन्द्र ओमसतिया मार्यको प्रांगणमा लाग्ने पवित्र सिलौटिया मेलाको अवसरमा मंसिर ११ गते सोमबार विदा दिइएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । उनले सोमबार अत्यावश्यकबाहेक गाउँ कार्यपालिकाको कार्यालयसहित मातहतका सबै कार्यालयहरु बन्द रहने जानकारी दिए । 

प्रत्येक वर्ष ओमसतिया माई मन्दिरमा कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने ओमसतिया माई मेलाको अवसरमा सोमबार स्थानीय विदा दिइएको ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु)ले बताए । उनले सोमबार आकस्मिक सेवा र बर्थिङ सेन्टरबाहेक गाउँपालिका अन्तर्गत कार्यालय र विद्यालयमा स्थानीय पर्व विदा दिइएको बताए ।

धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महोत्सव बोकेको सतियामाई मन्दिरको नामबाट गाउँपालिकाको नामाकरण भएको गाउँपालिकाका अध्यक्ष यादवले बताए । मेला ओमसतिया–५ मा लाग्ने गर्छ ।