२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

गणतन्त्रबाट मुलुकलाई कसैले पछाडी फर्काउन सक्तैन : सभापति देउवा

सोमवार , मंसिर ११, २०८०

चितवन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रबाट मुलुकलाई कसैले पछाडी फर्काउन नसक्ने बताएका छन् ।

सोमबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै देउवाले गणतन्त्रको बिकल्प नरहेको भन्दै गणतन्त्रबाट मुलुकलाई कसैले पछाडी फर्काउन नसक्ने बताएका हुन् । उनले गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको जिकिर गरे । गणतन्त्र बिरोधी गतिविधिबाट आफुहरु नअत्तालिएको उनले बताए । त्यस्तै गठबन्धन नेतृत्वको सरकारको आलोपालोका बिषयमा सोधिएको प्रश्नमा सभापति देउवाले पछि थाहा हुने बताए ।

त्यस्तै देउवासंगै चितवन जानुभएका कांग्रेस नेता डा शशांक कोइरालाले सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको बताए ।