
मंगलवार , मंसिर १२, २०८०
भैरहवा, १२ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानको मूल मर्मअनुसार अधिकार प्राप्त नहुँदा प्रदेश सरकार ‘पंगु’ बनेको बताएका छन् । मंगलबार नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकालाई संविधानको मूल मर्मअनुसार अधिकार नदिँदा प्रदेश सरकार ‘पंगु’ भएको बताए ।
उनले प्रदेश सरकारलाई अधिकार दिए प्रदेशको विकासका लागि कुनै समस्या नरहेको बताए । उनले संघीयताको मर्म अनुसार प्रदेशलाई अधिकार दिए देशको विकास सजिलोसँग गर्न सकिने बताए ।
मुख्यमन्त्री चौधरीले प्रदेश सरकारलाई अधिकार दिए प्रदेश जति विकास गर्न सक्ने र जनतालाई सजिलै हेर्न सक्ने सरकार कुनै पनि बन्न नसक्ने दावी गरे । उनले प्रदेशलाई अधिकार दिएर प्रदेश प्रदेश बीचमा विकासमा प्रतिष्पर्धा गराउनुपर्नेमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij