२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चालनका लागि पहल गर्छु : सभापति देउवा 

मंगलवार , मंसिर १२, २०८०

भैरहवा, १२ मंसिर । 
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चालनका लागि पहल गर्ने बताएका छन् ।  

नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार भैरहवामा सम्बोधन गर्दै सभापति देउवाले विमानस्थल सञ्चालनका लागि सरकार र सरोकारका सबै पक्षसँग परामर्श गर्ने बताए । 

‘यहाँको विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार तथा कार्यालयहरु कुनै पनि खोलिएका रहेनछन् सभापति देउवाले भने, ‘काठमाडौं गएर विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकार, सम्बन्धित मन्त्री र सरोकारवालाई बोलाएर कुरा गर्छु । ’
सभापति देउवाले विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याई यहाँबाट अन्तर्राष्ट्रिय विमान उडाइने बताए ।

अर्को प्रसंगमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले न्याय पाउने बताएका छन् । सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा धेरै बोल्न उचित नहुने उल्लेख गर्दै नेता खाणले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए ।