
मंगलवार , मंसिर १२, २०८०
भैरहवा, १२ मंसिर ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सदस्य अब्दुल रज्जाकले कांग्रेसको विकल्प अन्य पार्टी हुन नसक्ने दावी गरेका छन् । उनले कांग्रेस लोकतान्त्रिक र ऐतिहासिक पार्टी भएको बताए । मंगलबार भैरहवामा कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य रज्जाकले लोकतन्त्रको नेतृत्व गर्ने पार्टी कांग्रेस भएको बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व राज्यमन्त्री समेत रहेका नेता रज्जाकले मुलुकमा भएको परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताए । उनले जनताको आशा भरोसाको नेता पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भएको बताए ।
उनले भने, ‘लोकतन्त्र विरोधीले चलखेल गरेका छन्, तर कांग्रेसको विकल्प अन्य पार्टी हुन सक्दैनन् ।’ कांग्रेसकै नेतृत्वमा मुलुकमा संविधान निर्माण भएको उनले बताए । जनताको समस्या समाधान गर्न पार्टी लाग्नुपर्ने उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij