२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा म्याराथुन दौड

आइतवार , श्रावण १८, २०७७

भैरहवा, १८ साउन । 
जेसीआई सिद्धार्थ, नेपाल (सिद्धार्थ जेसीज)को आयोजनामा आइतबार भैरहवामा मिनी म्याराथुन दौड सम्पन्न भएको छ । जेसीज सप्ताह–२०२० अन्तर्गत पाँचौ कार्यक्रमको रुपमा म्याराथुन दौडको आयोजना गरिएको जेसीआई सिद्धार्थ वर्ष २०२० का अध्यक्ष मंगल भण्डारीले बताए ।

५५ जनाको सहभागिता रहेको दौडमा अमरज्योति क्लब भैरहवा अरुण खत्री क्षेत्री प्रथम, जेसीज स्कूल भैरहवाका सन्तोष साउत मगर (गोरे) द्वितीय, अमरज्योति क्लबका किस्मत थापा तृतीय र अमरज्योतिकै मदन बुढाथोकी सान्तवना भएको कार्यक्रम संयोजक लोकमणी भट्टराईले बताए । दौड अञ्चलपुरस्थित सिद्धार्थ ट्राफिक चोकबाट सुरु भइ मैत्रीपथस्थित सिद्धार्थ जेसीज चोकमा पुगेर समापन भएको भट्टराईले जानकारी दिए । 

प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, द्वितीयलाई ५ हजार, तृतीयलाई ३ हजार र सान्त्वनालाई २ हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।

म्याराथुन दौडको उद्घाटन गर्दै प्रमुख अतिथि संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मोहन कुमार आचार्यले जेसीजले रचनात्मक कार्यहरुलाई निरन्तरता दिदैं जानुपर्ने बताए ।

सागर पोख्रेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राकेश गुरुङ, जेसीआई सिद्धार्थ लेडी, नेपालका निवर्तमान अध्यक्ष पार्वती पौडेल, सिद्धार्थ जेसीज तथा सिद्धार्थ लेडी जेसीजका पूर्वअध्यक्षहरुको उपस्थिति रहेको थियो ।

116455550_1004452230010379_2332635395988042620_n.jpgजेसीज सप्ताह–२०२० अन्तर्गत शैक्षिक सामाग्री वितरण, स्वास्थ्य शिविर, मैत्रीपूर्ण फुटसल र उद्घोषण तालिम सम्पन्न भइसकेको जेसीज सप्ताह निर्देशक ऋषिराम पाण्डेयले बताए ।