images

आइतवार, बैशाख १६ गते २०८१

दिगो कृषिका लागि युवा प्रयत्नद्वारा भैरहवा महोत्सवमा विभिन्न किसिमका प्रविधि प्रदर्शन

दिगो कृषिका लागि युवा प्रयत्नद्वारा भैरहवा महोत्सवमा विभिन्न किसिमका प्रविधि प्रदर्शन

images
images
images
सोमवार, मंसिर १८ २०८०
सोमवार, मंसिर १८ २०८०
  • दिगो कृषिका लागि युवा प्रयत्नद्वारा भैरहवा महोत्सवमा विभिन्न किसिमका प्रविधि प्रदर्शन

    भैरहवा, १८ मंसिर ।
    उद्योग व्यापार संगठन, रुपन्देहीले भैरहवामा आयोजना गरेको छैंठौ लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) मा दिगो कृषिका लागि युवा प्रयत्न (एस एग्रीकल्चर)ले प्रविधि प्रदर्शन गरेको छ । महोत्सवको स्टल नम्बर २८४ र २८५ मा एस एग्रीकल्चरले कृषि तथा भेटेरीनरीसम्बन्धी जानकारीमूलक प्रदर्शन गरेको छ । 

    images

    स्टलमा कृषि क्षेत्रमा कार्यान्वयन भएका विभिन्न जानकारी तथा प्रविधिहरुको राम्रो प्रदर्शन गरिएको संस्थाले जनाएको छ । त्यस्तै माटो परीक्षण बक्स, बोन्साइ, कुकुर बिरामी पर्दा गरिने सीपीआर विधि, किरा संकलन बक्स, इन्क्युबेटर, बागवानी र बिउ रोप्ने यन्त्रलगायतका विभिन्न किसिमका प्रविधिहरु प्रदर्शन गरिएको एस एग्रीकल्चरका अध्यक्ष राजीव ढकालले बताए ।

    महोत्सवमा अवलोकनका लागि विभिन्न कृषि निकायका सदस्यहरु, विद्यार्थीहरु, किसानहरु, घरेलु उत्पादनमा संलग्न व्यक्तित्वहरु, पीएमएएमपी र कृषि ज्ञान केन्द्रका प्रतिनिधिहरुले उपस्थिति रहेको थियो । प्रतिनिधिहरुले निकै उत्सुकताका साथ स्टल नम्बर २८४ र २८५ अवलोकन गरेको ढकालले बताए ।

    407172483_359773606552498_260001130549894005_n.jpg

    साथै इच्छुक किसानहरुले आफ्नो क्षेत्रको माटो परीक्षण गर्नपरेमा, एस एग्रीकल्चर संस्थाले निःशुल्क रुपमा माटो परीक्षण गरिदिने घोषणा गरेको थियो । एस एग्रीकल्चरका सचिव अभिनव थापाका अनुसार निःशुल्क माटो परीक्षणका लागि ९८६३६४५५७६ र ९८६३३८२७८३ मा सम्पर्क गरिन सकिनेछ ।

    406365497_359773566552502_1750015121981130843_n.jpg

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij