२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

तिलोत्तमाद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन सामग्री प्रदान

मंगलवार , मंसिर १९, २०८०

तिलोत्तमा, १९ मंसिर । 
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास’ भन्ने मूल नाराका साथ २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख जगेश्वर देवी चौधरीले स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदानको प्रशंसा गर्दै उनीहरुको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताइन् । स्वयंसेविकाको रुपमा जीवनको लामो समय अर्पण गरेका महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्दै सम्बन्धित निकायले प्रोत्साहन स्वरुप सेवा ुविधा उपलब्ध गराउनुपर्ने उनले बताइन् । स्वयंसेविकालाई सरकारले उचित सेवासुविधा दिनुपर्ने भन्दै उनले यस प्रकारको प्रोत्साहनले अन्य महिलाहरुलाई पनि यस क्षेत्रमा आबद्ध हुन प्रेरणा मिल्ने बताईन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाकाले नीति तथा कार्यक्रममै स्वास्थ्य स्वयंसेविकाका लागि विभिन्न कार्यक्रम समेटेर अगाडि बढेको बताए । स्वयंसेविकाहरुको आवश्यकतालाई मध्यनजर गर्दै पालिकाले बजेट विनियोजन गरेर स्वास्थ्य सामग्री खरिद गरी उपलब्ध गराएको उनले जानकारी दिए । 

दिवसको अवसरमा पालिकाले स्वास्थ्य स्वयंसेविकालाई महिला स्वास्थ्य स्वयंसेविका बोर्ड, झोला, तौल लिने मेसिन, प्लाष्टिकका बास्केट र डिजिटल थर्मोमटिर लगायत सामग्री वितरण गरेको जनस्वास्थ्य निरीक्षक केशवराज भट्टराईले जनाए । उनकाअनुसार स्वास्थ्य शाखाले स्वास्थ्य स्वयंसेविकाको माग बमोजिम विभिन्न समयमा यस्ता सामग्री प्रदान गर्दै आएको छ ।