२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

उर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गरिनेछ : खेलराज पाण्डेय

बुधवार , मंसिर २०, २०८०

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल, २० मंसिर ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गर्ने बताएका छन् । 

    बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिसँग नेपालमा उर्जा दक्षता निर्माण बीनले गरेको कार्यक्रममा बोल्दै उनले अब बन्ने भवनहरु उर्जा खपत गर्ने गरी वातावरणमैत्री भवन निर्माणमा प्रोत्साहन गर्ने बताए। उनले नगरभित्रका भवन निर्माणका मापदण्डहरु परिमार्जन गर्दै समयानुकुल बनाउने बताए ।

    कार्यक्रममा बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल बीनका प्रोजेक्ट इन्जिनियर विशाल पाण्डे, विल्डिङ मटेरियल एक्सपर्ट सानुवाबु डंगोल र पोलिसी एक्स्पर्ट ओम धरानन्द राजोपाध्यायले भवन निर्माणका क्रममा ख्याल गर्ने सकेमा आर्थिक हिसाबले पनि कम खर्च लाग्ने बताए ।