२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

खाँणको मुद्दामा यही मंसिर २८ गते सुनुवाइ हुने

बुधवार , मंसिर २०, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, २० मंसिर । उच्च अदालत पाटनले  नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई रिहा गर्ने/नगर्ने विषयको सुनुवाइ २८ गते गर्ने भएको छ।

    यसअघि गत मंसिर १५ गते पुनरावेदन उपरको सुनुवाइमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाँणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा विषयमा राय बाझिएपछि तेस्रो बेञ्चबाट निर्णयमा पुगिने आदेश भएको थियो।

    सोही अनुसार अदालतले मसिर २८ गते विहिवार तेस्रो न्यायाधीश रहने एकल इजलासमा खाँणको सुनुवाइको मिति तोकिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।

    गत मंसिर १५ गते भएको पुनरावेदनको उपरको आदेश गर्दा खाँडलाई रिहाइ गर्ने वा नगर्ने विषयमा मत बाझिएको थियो।

    मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने र अर्का न्यायाधीश खरेलले नामै राख्नुपर्छ भन्ने राय दिएका थिए।