२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

एनसेल खरिद–बिक्रीको छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन

बिहिवार , मंसिर २१, २०८०

  • 574
    Shares
  • 574
    Shares
  • काठमाडौं । सरकारले एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    समितिको सदस्यहरुमा सरकारका सचिव फणीन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेको उनले बताइन् ।

    समितिलाई समग्र विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन ३० दिनको कार्यादेश दिइएको मन्त्री शर्माले बताइन् । त्यस्तै विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक उद्धार कार्यक्रम पहिलो चरणका लागि प्राप्त सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न अख्तियारी दिने निर्णय समेत गरेको उनले जानकारी दिइन् ।

    यस्तै मन्त्रिपरिषद्को बैठकले खोनपानी तथा महशुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतम र सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।