२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

एमाले पदयात्राको नवौं दिन: आज आरूघाट आईपुग्ने

शुक्रवार , मंसिर २२, २०८०

  • 919
    Shares
  • 919
    Shares
  • पोखरा, २२ मंसिर । नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरूघाट, गोरखा पुग्दैछ ।

    झुलाघाटबाट आरम्भ भएको `संमृद्विको लागि संकल्प यात्रा´को नवौ दिन मंसिर २२ गते कास्कीको पोखराबाट सुरू हुने छ।

    यात्राको क्रममा भोर्लेटार, धमिलकुवा, पालुङटार लगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ।

    लमजुङको सुन्दरबजारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज गोरखाको आरूघाटमा बास बस्ने प्रचार बिभाग सचिव गगन बिष्टले जानकारी दिए ।