२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो

शुक्रवार , मंसिर २२, २०८०

बुटवल, २२ मंसिर ।
बुटवलको मिलनचोकदेखि सुख्खानगर जाने बाटो फराकिलो बन्ने भएको छ । सडक क्षेत्रको हेभी इक्युपमेन्टको कार्यालयको पर्खाल र नजिकैका भवनहरु हटाएर सडक फराकिलो बनाउन सुरु गरिएको हो ।

बुटवल उपमहानगरपालिकाले सो सडक फराकिलो बनाउनका लागि चालु आर्थिक वर्षमा ३५ लाख बजेट विनियोजन गरेकोमा निर्माण कम्पनीले २३ लाख ४५ हजारमा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको छ ।

मिलनचोकबाट पूर्व सुख्खानगर जाने बाटोको चापअनुसार बाटो साँघुरो भएकाले बाटोको क्षेत्रमा रहेको थप ८ फिटसम्मको पर्खाल र सोही क्षेत्रभित्र पर्ने भवन हटाउन लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनले हेभी इक्युपमेन्ट कार्यालय र स्थानीयसमेतको सहमति र सुझावअनुसार सडक फराकिलो बनाउने काम अगाडि बढाएको बताए ।

‘यो बाटोमा गाडीको चाप बढी भएको र सडक साँघुरो थियो, जसका कारण दुर्घटना हुने गरेको थियो, प्रमुख पाण्डेयले भने, ‘यो सडक फराकिलो भएपछि मिलनचोकको जाम पनि केही कम हुन्छ र सहज रुपमा गाडी आवतजावत गर्न सक्छन् ।’