
आइतवार , मंसिर २४, २०८०
भैरहवा, २४ मंसिर ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजना तथा शताब्दी रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाभित्र लैंगिक समानता र सामाजिक समावेशीकरणको विषयमा कार्यक्रम संयोजक ज्योति पौडेलले प्रस्तुतीकरण गरेकी थिइन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख कल्पना हरिजनले समाजमा लैंगिक समानता कायम राख्नुपर्ने बताइन् । ज्येष्ठ नागरिक, अपांग, दलित र अल्पसंख्यकलाई उच्च प्राथमिकता दिनुपर्ने भन्दै पालिकाबाट उच्च प्राथमिकता दिएर काम गर्दै आएको उनले बताइन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली, वडाअध्यक्ष तथा कार्यपालिका सदस्य, शताब्दी रिसर्चका टीम, नगरपालिकाका शाखा प्रमुखहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रेस संयोजक सुरेश परियारले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij