२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

सिद्धार्थनगर–४ मा राधाकृष्ण मन्दिर निर्माण सुरु

शुक्रवार , मंसिर २९, २०८०

भैरहवा, २९ मंसिर ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित दोगहरामा श्री राधाकृष्ण मन्दिर निर्माण सुरु भएको छ । शुक्रबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको उपस्थितिमा सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादवसहित स्थानीयबासीले संयुक्त रुपमा मन्दिरको शिलान्यास गरेका हुन् ।

वडा कार्यालयबाट मन्दिर निर्माणका लागि रु. ७ लाख बिनियोजन गरिएको वडाअध्यक्ष यादवले जानकारी दिए । ‘मन्दिर निर्माणका लागि आवश्यक रकम फेरी बिनियोजन गरिनेछ र बाँकी निर्माण कार्यलाई पूर्णता दिइनेछ, ’उनले भने।

bhk.jpg

मन्दिर शिलान्यास कार्यक्रममा सिद्धार्थनगर–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय, वडा सदस्यहरु, वडाबासी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

mandir.jpg

आगामी हप्ता वडामा मस्जिद निर्माण सुरु हुने वडाअध्यक्ष यादवले बताए । वडा कार्यालयले धर्म–संस्कृतिको संरक्षणमा ध्यान दिएको भन्दै यसमा वडाबासीको साथ र सहयोग रहेको उनको भनाइ छ ।