२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

नेकपा एकीकृत समाजवादी सिद्धार्थनगरमा नयाँ नेतृत्व, अध्यक्षमा कसौधन

आइतवार , पौष १, २०८०

भैरहवा, १ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको प्रथम अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले शार्दुल मयुर कसौधनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कसौधन यसअघि नगर उपाध्यक्ष थिए ।

नगर कमिटीको उपाध्यक्षमा विनोद क्षेत्री, सचिवमा श्रीकान्त उपाध्याय, उप–सचिवमा उत्तम कुमार जि.सी. र अविरल पन्थी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा बासुदेव कार्की, इजहार वारिस, विनोद कुमार क्षेत्री, बल बहादुर थापा, दिनेश ठाकुर, सनोज गुप्ता, शिशिर गुरुङ, अजय यादव, सन्त कुमार कुर्मी, सुनिल धवल, मुस्ताक अहमद भाट, विजय पासवान, पुष्पन कुमार जि.सी, श्रीनिवास उपाध्याय, उज्जवल जोशी, सुरेश बरई, मेहेबुब आलम, असलम खान, खालिद खान, बसन्त क्षेत्री, सौरभ मास्के, सुदिप रजक र विकास गुरुङ रहेका छन् ।

नननिर्वाचित नगर कमिटीलाई नेकपा (एकीकृत समाजवादी) का महासचिव तथा पूर्व कृषिमन्त्री घनश्याम भुसालले सपथग्रहण गराएका थिए । 

bh.jpg

नवनिर्वाचित अध्यक्ष कसौधनले सिद्धार्थनगरभित्र रहेका समस्या समाधानका लागि पहल गर्ने बताए । उनले आवश्यक सल्लाह सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५३ जना नेकपा (एस) मा प्रवेश गरेका थिए ।