२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

शिक्षा विधेयकमार्फत शिक्षाका सबै क्षेत्रका समस्या हल गर्नुपर्छ : सभामुख घिमिरे

आइतवार , पौष १, २०८०

  • 793
    Shares
  • 793
    Shares
  • सिन्धुपाल्चोक । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षाका सवै क्षेत्रका समस्या हल गर्नुपर्ने बताएका छन् ।

    आइतबार सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका ३ स्थीत सिपातीनघरे संस्कृत माध्यामिक विद्यालयको १२१औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सवै धार्मिक शिक्षालयहरुलाई प्रोत्साहन गर्न गरि शिक्षाका सवै क्षेत्रका समस्या हल गर्ने गरि विद्यालय शिक्षा विधेयक अघि बढ्नुपर्ने बताएका हुन् ।

    उनले उक्त विद्ययेकलाई समृद्ध बनाउनका लागि आफुले सभामुखको भूमिकाले आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे । सभामुख घिमिरेले धेरै पहिलेदेखि मिलेर बसेको समाज, भाषा, धर्म, संस्कृतिबाट बिभाजन गर्ने प्रयास भइरहेको भन्दै सजक हुनुपर्ने धारणा राखे ।

    त्यस्तै कार्यक्रममा स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले आफुले मन्त्रालयको कार्यभार सम्हालेपछि स्वास्थ्यक्षेत्रको जनशक्ति उत्पादनमा जोड दिएको बताए । गरिव र बिपन्न बर्गको निशुल्क उपचारमा पनि आफ्नो ध्यान केन्द्रीत रहेको उनले बताए ।

    मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनमा भएका कमीकमजोरीले स्वास्थ्य जनशक्ति उत्पादन हुन नसकेकाले यसलाई संशोधन गर्नैपर्ने धारणा राखे ।