२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

अखिल क्रान्तिकारीद्वारा भैरहवा बहुमुखी व्यवस्थापन संकायमा संगठन विस्तार

मंगलवार , पौष ३, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, ३ पुस ।
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मुल एकाई समिति भैरहवा बहुमुखी क्याम्पसले संगठन विस्तारलाई तीव्रता दिएको छ । मंगलबार अखिल (क्रान्तिकारी) ले स्नातक तह अन्तर्गत व्यवस्थापन संकाय (बी.बी.एस.) पहिलो वर्ष अंग्रेजी माध्यममा देवराज श्रीपालीको अध्यक्षतामा २८ सदस्यीय कक्षा कमिटी गठन गरेको हो ।

    कमिटीको उपाध्यक्षमा मिरा रायमाझी, सचिवमा अभिईवर ज्ञवाली, सह–सचिवमा भिम नारायण चौधरी, कोषाध्यक्षमा साधना पाण्डे र सह–कोषाध्यक्ष पुजा हरिजन रहेका छन् । त्यस्तै सदस्यहरुमा दिनेश चौधरी, ममता चन्द, मरियम अन्सारी, प्रियंका राणा, सुजिना खातुन, रुकमणी कुर्मी, राजदेव यादव, सिर्जना यादव, विक्रम सिंह, रामअवतार मल्लाह, प्रविन कुवर, विशाल यादव, मनिषा यादव, धिरज कुमार चौधरी, विशाल पाठक, काजल सिंह, ममता चौधरी, अजय चौधरी, पंकज मल्लाह, आर्यन यादव, अवशेक यादव, रिशिका गुरुङको रहेका छन् ।

    अखिल (क्रान्तिकारी)ले सोमबार सपना कुर्मीको अध्यक्षतामा शिक्षा संकाय (बी.एड.) प्रथम वर्षमा ३२ सदस्यीय कक्षा कमिटी गठन गरेको थियो ।

    विद्यार्थीहरुको हकहितका लागि संगठनले निरन्तर आवाज उठाउँदै आएको (अखिल क्रान्तिकारी) मूल एकाई समिति भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष मनिष ढकालले बताए ।