बुधवार , पौष ४, २०८०
भैरहवा, ४ पुस ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मुल एकाई समिति भैरहवा बहुमुखी क्याम्पसले संगठन विस्तारलाई तीव्रता दिएको छ । बुधबार अखिल (क्रान्तिकारी) ले स्नातक तह अन्तर्गत व्यवस्थापन संकाय (बी.बी.एस.) पहिलो वर्ष नेपाली माध्यममा अमित यादवको अध्यक्षतामा ३४ सदस्यीय कक्षा कमिटी गठन गरेको हो।
कमिटीको उपाध्यक्षमा श्याम सुन्दर सहानी, सचिवमा भेलाई प्रसाद पाल, सह–सचिवमा ज्योति थारु, बिना चौधरी, कोषाध्यक्षमा उमा चौधरी र सह–कोषाध्यक्षमा ललिता कुमारी विश्वकर्मा रहेका छन् ।
त्यस्तै सदस्यहरुमा सविता यादव, काजल यादव, लक्ष्मी यादव, मनिषा यादव, आशमा गौड, निलम हरिजन, अंगिरा मौर्या, अनिता यादव, सुष्टि गुप्ता तेली, सविता मुराउ, रचना कुवर, बन्दना चौधरी, मोनी पासी, उपासना शुक्ला, खुशबु कोहार, विद्या कुमारी कुर्मी, निशा बनिया, प्रिया कुमारी चौधरी, प्रतिमा यादव, सृष्टि न्यौपाने, मनिषा गुप्ता, सुधा हरिजन, कृषा कुमारी पाण्डेय र उमा गुप्ता रहेको (अखिल क्रान्तिकारी) मूल एकाई समिति भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष मनिष ढकालले बताए । विद्यार्थीहरुको हकहितका लागि संगठनले निरन्तर आवाज उठाउँदै आएको ढकालले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij