२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कम्युनिष्ट सरकारकै संरक्षणमा भ्रष्टाचार मौलायो : रज्जाक

सोमवार , श्रावण १९, २०७७

भैरहवा, १९ साउन ।
नेपाली कांग्रेस रुपन्देहीको जिल्ला संगठन विभागले स्थानीय तह, बुथ तथा वडा सभापतिहरुको भेला तथा प्रशिक्षण कार्यक्रम भैरहवामा सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा कांग्रेसका नगर सभापति, गाँउ समितिका सभापति तथा वडा सभापति गरी १ सय ६० जनाको सहभागिता रहेको जिल्ला संगठन विभागका प्रमुख बासुदेव रिमालले जानकारी दिए।

प्रशिक्षणको उदघाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले लोकतन्त्रको भ्रम छरेर कम्युनिष्ट सरकारले दुईतिहाइको बलमा देशमा लुटतन्त्र मच्चाइरहेको बताए । सरकारकै संरक्षणमा भ्रष्टाचार र बेथिति मौलाएको भन्दै उनले नेपाली कांग्रेसले गाँउ तहबाटै त्यसकाविरुद्ध आवाज उठाइरहेको बताए । देश र जनताको सर्वोपरी हितका लािग कांग्रेसलाइ अझ सशक्त र क्रियाशिल बनाएर अगाडी लैजाने अभियानमा लागेको रज्जाकले बताए । 

कार्यक्रममा संविधानसभा सदस्य इस्तियाक अहमद खान, पार्टीका रुपन्देही जिल्ला उपसभापति फणिन्द्र शर्मा, सरिता चौधरी, सचिव रामकृष्ण खांण, हरि प्रसाद काफ्ले, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, क्षेत्रीय सभापतिहरु क्षेत्र नम्बर २ का सभापति हरि लम्साल, १ का सभापति हिरा बहादुर खत्री, ३ का सभापति मात्रिका प्रसाद यादव लगायतका नेताहरुको उपस्थिति थियो ।
कार्यत्रलममा केन्द्रीय नीति तथा अनुन्धान प्रशिक्षण प्रतिष्ठानका सदस्य मदन कट्टेलले पार्टीको नीति, कार्यक्रम तथा संगठन र सदस्य विस्तारका बारृमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रमको समापन गर्दै जिल्ला संगठन विभागका प्रमुख बासुदेव रिमालले हरेक स्थानीय तह र गाउँ गाँउमा पुगेर पार्टी संगठनलाई  विस्तार गर्ने काम विभागले गरिरहेको बताए । विभागका उपप्रमुख बाबुराम भट्टराईको स्वागत र सचिव सुदर्शन नेपालको सञ्चालमना कार्यक्रम सम्पन्न भएको हो ।